तिमि के गयौ जीबन लीएर गयौ | गजल अविरल - Kalika News

तिमि के गयौ जीबन लीएर गयौ | गजल अविरल

तिमि के गयौ जीबन लीएर गयौ।
मेरा सपनाका रंगहरु , हर खुशी लिएर गयौ।
दिएर गयौ तड्पहता, जगाउन लाई रातभर।
मेरो मुस्कान हरु, मेरो हाँसो लिएर गयौ।
दुवै आँखामा छायो अँध्यारो पन।
गयौ कता गयौ दीयो बाट रोशनी लिएर गयौ।
लिएर गयौ मेरो रंग बाट सुवाश तिमि।
मेरा दिनहरु बाट समय लिएर गयौ।
बसी रहे आउने बाटो हेरी तिम्रो।
मेरो पर्खाई बाट मिलन लियर गयौ।
यसरी  बित्दै छन् तिमि बिना मेरॊ यी दिनहरु।
मेरा हरेक पलहरु बाट समयको धारा लियर गयौ।
प्रतिकृया को आसा राख्दै बिदा लिन्छु धन्यवाद !!!

Add your comment